सवारी दुर्घटना

रूपन्देही २४ कार्तिक, बुटवल उपमहानगरपालिका-८ सुख्खानगर स्थित भित्रि सडक खण्डमा भुट्कि चोक बाट भाटभटेनी जाँदै गरेको लु. २१ प २४३४ नं.को मो.सा. अं.२१:४५ बजेको समयमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिन जाँदा मो.सा. चालक जिल्ला रूपन्देही बुटवल उपमहानगरपालिका ९ बस्ने वर्ष २७ को सुन्दर सारुको टाउकोमा चोटलेकोले उपचारको लागि लुम्बिनि अंचल अस्पताल बुटवल पठाईएकोमा उपचारको क्रममा ऐ. २२:२० बजे मृत्यु भएको छ ।

 

दाङ २४ कार्तिक, बबई गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २५ को मान सिंह वली अ.१८३० बजेको समयमा ऐ.ऐ. बगरपुरमा छहरा बाट बालापुर तर्फ आउदै गरेको ना.२ ख ९६३५ नं.को गुडी रहेको बसको ढोका बाट खस्न जादा मृत्यु भएको छ ।