फरार प्रतिवादी पक्राउ गरिएको

रुपन्देही २४ कार्तीक, बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ मा डेरा गरी बस्ने बर्ष २८ को दुर्गा बहादुर घर्तीले आफ्नै श्रीमती शर्मिला घर्तीलाई आफ्नै डेरा कोठामा कर्तव्य गरी मारी फरार रहेकोमा निजलाई मिति २०७५।०७।२४ गते दिउसो १३ः१५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जि.प्र.का. कास्की पठाईएको ।