सवारी दुर्घटना

पाल्पा २५ कार्तिक, रिप्दिकोट गाउँपालिका वडा नं. ६ पालुङमैनादि स्थित भित्रि सडकखन्डमा अ. १२:०० बजेको समयमा ठिमुरे देखि तानसने तर्फ जादै गरेको लु १ ज १४९६ नं.को जिप उकालोमा चढ्न नसकि पल्टिन जाँदा जिपमा सवार १४ जना मध्ये ७ जना मानिसहरु घाईते भई उपचारको लागि तानसेन तर्फ पठाइएकोमा जिल्ला पाल्पा रिप्दिकोट ७ पालुङमैनादि बस्ने वर्ष ५२ को मिन ब.गाहा उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको छ ।