"समुदाय प्रहरी साझेदारीता अवधारणा" विषयक कार्यक्रम

गुल्मी २६ कार्तिक, ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी ज्यूको प्रमुख आतिथ्यता तथा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी श्रीमान यदुनाथ पौडेल ज्यूको संयोजकत्वमा श्री महेन्द्र माद्यमिक विद्यालय गुल्मीमा "समुदाय प्रहरी साझेदारीता अवधारणा" विषयमा जनप्रतिनिधीहरु, महेन्द्र मा.वि र सिद्ध बाबा मा.वि.का शिक्षक शिक्षिका लगायत पत्रकारहरूको सहभागितामा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतबाट कार्यक्रमको प्रस्तुतीकरण गरी प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी ज्यू बाट छलफल, अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।