सवारी दुर्घटना

दाङ २७ कार्तिक, घोराही उप-महानगरपालिका १६ रावत गाउँ चोक नजिक रा. १ क ५८२ नं.को टिप्परले रा. ३ प ८०८२ नं.को मो.सा लाई ठक्कर दिंदा मो.सा. चालक ऐ.ऐ. बस्ने बर्ष ३४ को तेज बहादुर गिरी सिरियस घाईते भएको र पछाडि सवार ऐ. ऐ. बस्ने निजको भान्जा नाता पर्ने बर्ष ४० को तेज बहादुर खत्रीको मृत्यु भएको छ भने घाईतेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार पश्चात् १४:०० डिस्चार्ज भएको छ ।

 

पाल्पा २७ कार्तिक, निस्दी गाउँपालिका वडा न. ७ ज्यामिरे स्थित भित्री कच्चि सडक खण्डमा अ. २०:३० बजेको समयमा चूनढुङ्गा खानी भुटुकेबाट चुनढुंङ्गा लोड गरी नवलपरासीको सर्दि तर्फ जाँदै गरेको लु. १ ख ९२११ न. को टिप्पर ब्रेकफेल भई ऐ ऐ स्थानमा रोकि राखेको लु. २ ख १९ न. को टिप्परको पछाडि ढालामा ठक्कर खाई सडकमा उत्तानो पल्टीन जादा लु १ ख ९२११ न. को टिप्पर चालक जिल्ला नवलपरासी मध्यविन्दु न.पा. वडा न. २ बस्ने बर्ष २८ को हुम नारायण महतो सिरियस घाईते उपचारको लागि मध्यबिन्दु सामुदायिक अस्पताल नवलपरासी पठाईएकोमा ऐ. २१:३० बजे बाटोमा नै मृत्यु भएको छ ।