लागु औषध (चरेस) बरामद

मिति २०७५।०८।१५ गते २२:००बजेको समयमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं.११ बस्ने ४० बर्षको दिपेन्द्र घर्ती, जिल्ला जाजरकोट नलगाढ नगरपालिका वडा नं.२ बस्ने वर्ष २८को प्रेम बि.क., ऐ साविक खलंगा गाउँपालिका हाल भेरीगंगा नगरपालिका वडा नं.९ बस्ने वर्ष ४४ को तिलक पुन र ऐ. बारीकोट गाउँपालिका वडा नं.१ बस्ने बर्ष २८ को टोपेन्द्र बोहरा लाई जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ९ ईट्टाभट्टी टोल स्थित सडक बाट २५ किलो लागु औषध (चरेस) सहित ५ नं. प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहले पक्राउ गरेको ।