सवारी दुर्घटना

सवारी दुर्घटना

मिति २०७५/०९/०६ गते बिहान अ.०७:०० बजेको समयमा जिल्ला दाङ घोराही उपमहानगरपालीका वडा नं.१७ गैरागाउ स्थित रहेको सहिद कृष्णसेन ईच्छुक बहु प्राबिधिक शिक्षालयका प्रमाणपत्र तह डिप्लोम्याट फरेष्टिक बिषयका ८ छात्रा, २४ छात्र, २ जना शिक्षक, ३ जना गाडी स्टाप समेत गरी जम्मा ३७ जना बिद्यार्थीहरु सल्यानको मुलपानी स्थित बटानिकल गार्डेन अवलोकन भम्रण गर्नका निमित्त बा ४ ख ९७६६ नम्बरको गाडीमा गई सोही दिन बेलुका अ.१६:०० बजेको समयमा फर्कने क्रममा जिल्ला दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं.३ राम्री स्थित तुलसीपुर सल्यान सडक खण्डमा आईपुग्दा उक्त गाडी एक्कासी सन्तुलन गुमाई सडकखण्डको घुम्तीदेखी अ.६०० मिटर पश्चिम खोलामा खस्न जाँदा २३ जना यात्रुको मृत्यु १४ जना घाईते भएका छन् । घाईते लाई थप उपचारको क्रममा काठमाण्डौ र कोहलपुर अस्पताल पठाएको ।