मृत अवस्थामा फेला

दाङ,१८ पुस

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका-४ लक्ष्मीनगर बस्ने २१ वर्षीया कमला चौधरी मृत अवस्थामा फेला परेकी छिन् । पुस ४ गते सोही ठाउँस्थित चिसापानी समुदायिक जंगलमा दाउरा खोज्न गएपछि फर्की नआएकिले खोजी गर्ने क्रममा मंगलबार साँझ सोही जंगलमा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।