कुटपिट गरी श्रीमतिलाई मार्ने मानिस पक्राउ

बर्दिया २४ पौष, गुलरीया नगरपालिका वडा नं. ५ कृष्णासरटोल बस्ने बर्ष ३५ को मोहन बोहराले आफ्नै श्रीमती बर्ष २४/२५ कि सुस्मा कुँवरलाई कुटपिट गरेको भनि जानकारी प्राप्त हुनासाथ जि.प्र.का. बर्दियाबाट प्रहरी टोली उक्त स्थानमा पुग्दा कुटपिट गर्ने मोहन बोहरा फरार निजको श्रीमतीको घटना स्थलमै मृत्यु भएको कुटपिट गर्ने मोहन बोहरा लाई ०१:४० बजे जिल्ला बर्दिया गुलरीया नगरपालिका वडा नं. १ रादाकृष्ण चोकबाट पक्राउ गरिएको ।