कपिलवस्तुको छुट्टा छुट्टै स्थानमा चट्याङबाट क्षति

मिति २०७५।१०।२५ गते राति अं.१२:०० बजेको समयमा बुद्धभुमि नगरपालिका वडा नं.१ चखेरा बस्ने बर्ष ४५ को भगवान थारुको घरमा चट्याङ परेको भनि आज मिति २०७५।१।२६ गते अं.१२:३० बजेको समयमा प्रहरी लाई खबर प्राप्त भएपछि प्रहरी खटी गई हेर्दा बिधुत मिटर बक्स तथा वाईरिङ जलि अन्दाजी रु ५०,०००।– बराबरको क्षति भएको पाईएको छ ।

मिति २०७५।१०।२६ गते अं. ०३:०० बजेको समयमा मायादेबि गाउँपालिका -८ ठुलो नन्दनगर बस्ने बर्ष अं.४५ कि जयन्ति चौहानको घर नजिक बिधुतको लाईनमा चट्याङ परी घरमा बिधुत वाईरिङ तार पुर्ण रुपमा जलि नष्ट हुदा अं.२५,००० बराबरको क्षति भएको छ ।