Traffic Communication App उद्‌घाटन कार्यक्रम

सवारी दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्राको लागि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्था अनुरुप लामो दुरीमा संचालन हुने यात्रुबाहक सार्बजनिक सवारी साधनमा अनिवार्य २ (दुई) जना सवारी चालक हुनु पर्ने स्पष्ट कानूनी व्यवस्थालाई प्रविधि मार्फत सुनिश्चिताको लागि नेपाल प्रहरीबाट संचालनमा ल्याउन लागिएको Traffic Communication App को आज मिति २०७५/१०/२७ गतेका दिन ५ नं. प्रदेश अन्तर्गत नवलपरासी पश्चिमको भुमही चोक र बाँकेको कोहलपुर गरी दुई स्थानमा शुभारम्भ भएको छ ।
प्रयोगकर्ताले GPS Location पनि थाहा पाउन सक्ने यो App मा चालकको लाईसेन्स नम्बर, टाइम कार्ड समेत चेक गर्ने सुविधा भएकोले चालकले अब झुक्याउन पाउने छैनन् भने सममयको पालना समेत हुने अपेक्षा लिईएको छ । प्रभावकारी सवारी व्यवस्थापन तथा सुरक्षित गन्तव्यका लागि यो App उपयोगी हुनेछ भने यसमा Traffic message broadcasting गर्ने व्यवस्था समेत गरिएको छ । तालुक प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्राविधिकहरूले निर्माण गरेको यो Traffic Communication App को प्रयोग गरी ट्राफिक प्रहरीहरुले चेकिङ पोईन्टहरुमा चेकजाँचको क्रममा चालकको फोटो र अनुहार जाँच तथा बिवरणको आधारमा चालक बदली भए नभएको सहज रुपमा पत्ता लगाउन सक्छन ।
५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको आयोजनामा जिल्ला नवलपरासी सुनवल न.पा.१२ भुमही चोक स्थित पुर्व पश्चिम राजमार्गमा Traffic Communication App समुदघाटन भएको सो कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालीका का मेयर भिम बहादुर थापा र बिशिष्ट अतिथि ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्र.ब.उ. नरबहादुर के.सी. रहनु भएको थियो । ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्र.उ.गणेश चन्द र जि.प्र.का.नवलपरासीका प्र.उ.राजेन्द्र भट्ट समेत सहभागी रहेको उक्त कार्यक्रम ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले संचालन गरेको थियो साथै सोहि समयमा बाँकेको कोहलपुरमा उद्‌घाटन भएको कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरप्रमुख लुट बहादुर राउत र बिशेष अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेका प्र.उ. अरूण पौडेल, ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख र यातायात अधिकृत समेतको उपस्थिती रहेको उक्त कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले संचालन गरेको थियो ।