वालिका अपहरण घटनामा संलग्न १ जना पक्राउ

साविक राँचुली गा.बि.स.- ४ कालीकोट घर भई हाल घोराही उप-महानगरपालिका- १४ कपासी स्थित डेरा गरी बस्ने बर्ष २२ की अस्मिता शाहीको छोरी वर्ष ३ की वालिकालाई मिति २०७५।१०।२८ गते दिउँसो १४.०० बजे निजकै कोठावाट घोराही उप-महानगरपालिका- ९ ढिकपुर बस्ने बर्ष २८ को प्रयास चौधरीले अपहरण गरी भागी फरार रहेकोमा जिल्ला स्थित रहेका सम्पूर्ण नाकाहरु Block गरी खोजतलास गर्दा ऐ.ऐ.- १५ रतनपुर चोकवाट बालिकालाई सकुशल उद्धार गरिएको र निज उपर मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ वमोजिम (अपहरण वा शरीर वन्दक) सम्वन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङ बाट जानकारी प्राप्त भएको छ ।