रुपन्देहीमा छुट्ट छुट्टै स्थानमा अबैध सामान बरामद

मिति २०७५।१०।२८ गते १९:१५ बजेको समयमा सिद्धार्थनगर न.पा. १२ देबकोटा चोक स्थितमा जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको गस्ति टोलिले भारत बाट भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको अं. मुल्य रु. ३४,५००-। र मिति २०७५।१०।२९ गते अ. ३:५५ वजेको समयमा सादा पोसाकको टोलीले ओमसतिया गा.पा.५ पडखौली स्थितबाट लु २ प ८९३७ र लु ४ प ५५८२ नं.को मोटर साईकलमा ल्याउदै गरेको बोइलर कुखुरा, चिनि, कुरकुरे लगायत रु.७८,०००।– गरी जम्मा रु. ११२५००।-बराबरको सामान बरामद गरी दुवै मो.सा. र दुई जना मानिस नियन्त्रणमा लिई आवस्यक अनुसन्धान कार्य भई रहेको छ ।