१ जना मानिस सहित लागु औषध बरामद

मिति २०७५।१०।२८ गते अं.१९:४५ बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका-२ बस पार्क स्थित ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलबस्तु बाट पिकेट डियुटी खटिएका प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदलयात्री जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका-७ घेरवा बस्ने बर्ष १९ को सन्तराम थारूलाई शंका लागि चेकजाच गर्ने क्रममा निजको साथबाट लागु औषध नाईट्रोभेट-१९ पत्ता २८५ ट्याब्लेट र स्पास्मो-१० पत्ता ७७ ट्याबलेट फेला पारी मानिस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको छ ।