२ वटा भरुवा बन्दुक सहित १ जना पक्राउ

मिति २०७५।१०।२८ गते अ.२२:०० बजेको समयमा जिल्ला दाङ राजपुर गा.पा. ७ गन्देला वस्ने वर्ष ४२ को शसीराम पुनले (मा.प.से.)गरी ऐ.ऐ. वस्ने वर्ष ५५ को तिलक डाँगी संग सामान्य विवाद पश्चात आफ्नै घरमा लुकाई छिपाई राखेको अवैध हतियार (भरुवा बन्दुक) ले मार्छु भनि निकालेकोमा निज तिलक डाँगीको श्रीमतिले अ.प्र.पोष्ट डगमारा दाङ जानकारी गराए पश्चात प्रहरी टोली खटि गई निज शसीराम पुनको साथ बाट लोड गरेको भरुवा बन्दुक थान १ र निजको घर खानतलासी गर्दा लोड नगरेको भरुवा बन्दुक थान १ गरी जम्मा थान २ भरुवा बन्दुक फेला पारी उक्त २ वटा भरुवा बन्दुक सहित निज शसिराम पुन लाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान कार्य भई रहेको छ ।