बिषादी सेवन गरी मृत्यु


नवलपरासी पश्चिमश्रावण-२४,
सुनवल नवलपरासी (पश्चिम) वडा नं. ११ जर्गाहा बस्ने बर्ष २१ को सुरज परियार (अबिवाहित) ले अन्दाजी २१:४५ बजेको समयमा सल्फास नामक बिषादी सेवन गरी आफन्तले उपचारको लागी देबदह मेडिकल कलेज भलुही रुपन्देहीमा लगेकोमा ऐ. २२:२५ बजे सोही मे.क. मा मृत्यु भएको भन्ने खबर हस्पिटल बाट प्राप्त हुनासाथ अ.प्र.पो. भुमही नवलपरासी(पश्चिम)बाट प्र.स.नि. जिबन कुमार आचार्यको कमाण्डमा टोली खटीई गई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।