बिभिन्न स्थानमा आगलागीबाट अन्दाजी( ३ करोड ७ लाख ४० हजार बाराबरको) क्षेती

बाँके श्रावण- २४,
नेपालगंज उ.म.न.पा.-११ बि.पि.चोक स्थित ऐ.-४ सल्यानीबंगला बस्ने वर्ष ४२ को अशिम शिद्दीकिको बाबा फर्निचर गोदाममा बिहिबार अन्दाजी २३:००बजेको समयमा बिद्युत लाईन सट भई आगलागी हुदा उक्त गोदामको वरिपरिका घर तथा अन्य फर्निचर समेत आगलागी भई रहेको, नगरभवन नेपालगंजबाट २, कोहलपुर न.पा.को १, राझाबाँके को १ र बर्दियाबाट १ वटा गरी ५ वटा दमकल र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्र.उ.बिर बहादुर वलीको कमाण्डमा १०५ जनाको टोली (खजुरा गण बाट ४५ जनाको टोली समेत), गुलरिया बर्दियाबाट आएको थप १ वटा दमकल, नेपाली सेना र सशस्त्र प्रहरी समेतको सहयोगमा उक्त आगो मिती २०७६/०४/२४ गते ०५:०० बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।
आगलागिवाट भएको क्षतिको विवरण ।

निम्न:-
(१) वासा फर्निचर- अनिश अन्सारी
(२) सानिया स्टील एण्ड फर्निचर -अली हुसेन
(३) प्रताप फर्निचर- प्रताप ठकुर
(४) बिन्देशरी फर्निचर- पारश ठकुर
(५) एवन फर्निचर- वाहिद अन्सारी
(६) आलिया ट्रेडर्स- महमुद अली
(७) गिलमन फर्निचर- सरिफ अन्सारी
(८) रुबी फर्निचर छोटु जस्गर
(९) अमन फर्निचर- जाबेल अली सिद्दिकी
(१०) सरदार डेन्टल आर्ट
(११) फाईन ग्लास हाउस- ऐजाज वारिस
(१२)अमन फर्निचर- जाबेल अलिसिद्दिकी
साथै क्षतिको बिगो अं.रु ३ करोड भएको छ ।

नबलपरासीश्रावण -२४,
बर्दघाट नगरपालिका वडा नं.४ नारायण चोक स्थित रहेको नेपाल कपास उद्योगमा अन्दाजी १७:१५ बजेको समयमा कपडा कटिङ मेसिनले कपडा कटिङ गरिरहेकोमा एक्कासी मेसिनबाट आगोलागी भएको छ भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का.सेमरी नवलपरासी पश्चिमबाट प्र.ना.नि.मिन प्रसाद ज्ञवालिको कमाण्डमा ७ जनाको टोली खटि गई स्थानिय र प्रहरीको सहयोगमा १७:३५ बजेको समयमा आगो पुर्णरुपमा नियन्त्रणमा आएको छ । उक्त आगलागिबाट अन्दाजी ५,४०,०००/-बराबरको क्षेती भएको छ ।

कपिलबस्तु श्रावण- २४,
कपिलबस्तु नगरपालिका वडा नं.८ कचरिया बस्ने रामकृष्ण मुराउको १ तले फुसको कच्चि घरमा बिहिबार अन्दाजी १२:०० बजेको समयमा लामखुट्टे धपाउनको लागि धुप बालेको आगो सल्कन गई घरमा रहेको अन्नपात ,भाँडाबर्तन, लत्ताकपडा, काठपात जलि नष्ट भएको, मानबिय क्षति नभएको, गोठमा रहेको १ वटा गाईको मरेको । उक्त घटनामा व.प्र.का.तौलिहवा कपिलबस्तुबाट प्र.स.नि.ओमनारायण चौधरीको कमाण्डमा ७ जनाको टोलि खटि गई स्थानिय र प्रहरीको सहयोगमा ऐ.२४ गते ०१:०० बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छ । उक्त आगलागिबाट अन्दाजी मुल्य रु- २,००,०००।–( दुई लाख ) बराबरको क्षति भएको छ ।