बिभिन्न स्थानमा अबैध सामान बरामद

कपिलबस्तु-श्रावण २४,
कृष्णनगर नगरपालिका वडा नं.१ डवरा चोकमा ई.प्र.का.कृष्णनगर कपिलबस्तुबाट खटि गएको सादा पोशाक प्रहरी टोलिले भारतबाट नेपाल तर्फ भन्सार छलि अबैध रुपमा ल्याई सडक छेउमा खरले छोपि लुकाई छिपाई राखेको जिपको बिभिन्न मोटर पार्टहरु अन्दाजी मुल्य रू १,८३,८४० बराबरको बेवारिसे अबस्थामा फेला पारी बरामद गरी ल्याई आबश्यक कारवाहीको लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको छ ।

नवलपरासी-श्रावण-२४,
मिति २०७६।०४।२४ गते अन्दाजी ११:४५ बजेको समयमा सि.प्र.चौ.महेशपुर नवलपरासीबाट खटिएको प्र.नि.ईन्द्रजित ईटनी र गस्ती टोली गस्ती गर्दै जाने क्रममा जिल्ला नवलपरासी पाल्हीनन्दन गा.पा.गोपालपुरबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याउदै गरेको अबैध सामान अं. मुल्य ५९,६००/-(उन्साठी हजार छ सय मात्र ) बराबरको सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरि ल्याई राखिएको छ ।