सवारी दुर्घटनाबाट मृत्यु/घाईते

गुल्मी-श्रावण-२५
चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तीपुर स्थित बिहिबार अन्दाजी २२:४५ बजेको समयमा लु १९ प ८२७३ नं.को मो.सा.ले पैदल यात्री ऐ. ६ महाका बस्ने वर्ष ४५ को चित्र बहादुर सार्कीलाई ठक्कर दिई मो.सा.पल्टीन जादा पैदल यात्री घाईते भई उपचारको लागी प्र.स्वा.के.शान्तीपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको छ । मो.सा.चालक ऐ.६ हरेवा बस्ने बर्ष ३० को अशोक बस्यालको टाउकोमा चोट, अवस्था मध्यम, पछाडी सवार जि.रुपन्देही बुटवल उ.म.न.पा.-१३ बस्ने वर्ष २४ को श्याम महतको घाटीमा चोट उपचारकोलागी लुम्बिनी मेडिकल प्रभाष पाल्पामा पठाएको । उक्त घटनामा ई.प्र.का.चन्द्रकोट गुल्मीबाट प्रहरी टोली खटि गई मो.सा.नियन्त्रणमा लिई आवश्क कार्य भईरहेको छ ।