आगलागीबाट धनमाल नष्ट

दाङ-श्रावण- २५,
गढवा गाउँपालिक वडा नं.६ उपल्लो मधपुर बस्ने बुद्दीराम चौधरीको फुसले छाएको घर र गोठमा आगलागि भएको भन्ने ऐ.०६:१० बजे खबर प्राप्त हुनासाथ ई.प्र.का.गढवा दाङबाट प्र.स.नि.हेमराज शर्माको कमाण्डमा ८ जनाको टोली खटि गई उक्त आगो स्थानिय र प्रहरीको सहयोगमा ऐ.०६:३५ बजेको समयमा नियन्त्रणमा आएको छ । उक्त आगलागिबाट अन्दाजी ३ लाख ५० हजार बराबरको क्षेति भएको छ ।
अर्घाखाँची- श्रावण- २५
भुमिकास्थान नगरपालिका वडा नं.५ भुसेना बस्ने चुरामणि बि.क.को खरले छाएको गोठमा अचानक आगलागि भई गोठ पुर्ण रुपमा जलि नष्ट भएको भन्ने खबर ऐ.१७:०० बजे जानकारी प्राप्त हुनसाथ प्र.चौ.खिल्जिबाट प्र.ह.ईस्वर पाण्डेको कमाण्डमा २ जनाको टोली खटि गई बुझ्दा गोठ पुर्ण रुपमा जलि नष्ट भएको आगलागिबाट पशु तथा मानबिय क्षेति नभएको ,काठ पात मात्रै जलेको अन्दाजी साढे एक लाख बराबरको क्षेति भएको छ ।