अबैध सामानहरु बरामद

कपिलवस्तु- श्रावण-२५
कृष्णनगर नगरगाउँपालिका वडा नं.२ वडा एरिया बाट बिभिन्न खाद्यान्न वस्तुहरु, स्टेशनरी सामनहरु लगायत बिभिन्न काचो कपडाहरु भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउदै गर्दा ई.प्र.का.कृष्णनगर कपिलवस्तुबाट खटि गपएको प्रहरी टोलिले बेवारीस अवस्थामा अबैध सामान अन्दाजी मुल्य रू ४२,४५०\- बरावरको रहेको फेला पारी नियन्त्रणमा लिई भन्सार पठाउन कार्य भईरहेको छ ।
साथै मिति २०७६।४।२५ गते १८:२० बजे कपिलबस्तु नगरपालिका वडा नं.२ बसपार्क नजिकै ई.प्र.का.कृष्णनगर कपिलबस्तुबाट प्रहरी टोलिले ब्यवारिसे अबस्थामा रहेको बिभिन्न कपडाहरु,पलास्टिकको बाटा ४० पिस, खाने तेल १२ लिटर गरि अन्दजी मुल्य रु. २७,२००।–बराबरको सामान फेला पारी नियन्त्रणमा लिई भन्सार पठाउन कार्य भईरहेको छ ।