लागु औषध सहित मानिस पक्राउ

रुपन्देही – श्रावण-२६,
बुटवल उपमहानगरपालिका वडा नं. ९ बसपार्क स्थितमा अन्दाजी २१ :०० बजेको समयमा अ.प्र.बिट बसपार्क बुटवल रुपन्देहीबाट प्र.ह. बिर बहादुर खड्काको कमाण्डमा खटि गएको गस्ति टोलिले शंका लागी चेकजाँच गर्दा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा न. ४ बस्ने बर्ष ३१ को सुभास थापा मगर, ऐ. वडा नं. १६ बस्ने बर्ष ४३ को गणेश गुरुङ र जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ९ बस्ने बर्ष २४ को अभिषेक राना मगर लाई चेकजाँच गर्ने क्रममा अभिषेक राना मगरको साथबाट NITRAVET-10 २० पत्ता ६०० ट्याब्लेट, Phenergan ५०, IPPL ५ , CEREJACK ५० सि.सी. लागु औषध बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।