सवारी दुर्घटनाबाट मृत्यु

बाँके, श्रावण-२७,
नेपालगंज उप-महानगरपालिका वडा नं. ०४ बस्ने बर्ष अन्दाजी ४ को सोनु भन्ने सेर महमद मिती २०७६।०४।२६ गते अन्दाजी १८:३० बजे आफ्नै घर अगाडी बाटोमा खेल्ने क्रममा बसपार्क बाईपास नजिक जिल्ला जाजरकोट घर भएको बर्ष अन्दाजी १९/२० को जनक बजहादुर बि.क.ले चलाएको भे ४ प २७८७ नं. को मो.सा.ले ठक्कर दिदा घाईते भई नर्सिङ होम नेपालगंजमा उपचार भैरहेकोमा मिति २०७६।०४।२७ गते राती ०१:४५ बजे उपचारको क्रममा मृत्यु भएको । उक्त घटनास्थलमा प्रहरी टोली खटिगई मो. सा. नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

कपिलवस्तु, श्रावण-२७,

कपिलवस्तु नगरपालिका वडा नं. ०८ दोहनि स्थित तौलिहवा भैरहवा हुलाकी सडक खण्डमा तौलिहवाबाट पकडितर्फ आउदै गरेको लु २ त ५८३९ नं.को ट्याक्टर र विपरित दिशातर्फ जादै गरेको UP 55 S 0218 नं. को मो.सा. आज बिहान अन्दाजी ०७:४० बजेको समयमा एक आपसमा ठक्कर खादा मो.सा.पछाडी सवार मायादेवी गाउँपालिका वडा नं. ०२ अविराव बस्ने वर्ष ४२ कि प्रमिला यादव घाईते भई उपचारको लागी जिल्ला अस्पताल तौलिहवा तर्फ पठाईएकोमा उपचारको क्रममा ०८:०५ मा मृत्यु भएको । उक्त ट्याक्टर र मो.सा.लाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।