अवैध लागु औषध सहित ३ जना पक्राउ

कपिलबस्तु-२२ भाद्र,
कृष्णनगर नगरपालिका वडा नं. ०२ यात्रुगेटमा मिति २०७६।०५।२१ गते अन्दाजी १९:४० बजेको समयमा ई.प्र.का. कृष्णनगरबाट मोटरसाईकल डिउटि खटिएका प्रहरी टोलिले संकास्पद तरिकाले भारतबाट नेपाल तर्फ पैदल हिँडी आई रहेका बाँणगंगा नगरपालिका वडा नं. ०७ बस्ने बर्ष १९ को आशिष मल्ल, ऐ. वडा नं. ४ बस्ने बर्ष १९ को सुभम सिंह ठकुरी र बर्ष २१ को बिशाल भन्ने मदन बहादुर सिंह ठकुरी समेतको शरिर रितपुर्वक खानतलासी गर्दा निजहरु तिनै जनाको साथबाट NITRAVET-10 लेखिएको ७ पत्तामा प्रति पत्ता १५ ट्याव्लेटका दरले जम्मा १०५ ट्याब्लेट, WINSPASMO लेखेको ६ पत्तामा प्रति पत्ता ८ क्याप्सुलका दरले जम्मा ४८ क्याप्सुल लागु औषध फेला पारी निजहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।