गोठमा आगलागी हुदा ३ वटा गोरु जली घाईते

बर्दिया-२२ भाद्र,
बारबर्दिया नगरपालिका वडा नं. १० गुमत्ता स्थित आज बिहान अन्दाजी ००:३० बजेको समयमा सोही ठाउँ बस्ने काशीराम थारुको कच्ची गोठमा लामखुट्टे धपाउनलाई बालेको आगो गोठमा सल्कन गई आगलागि हुँदा गोठ पुर्ण रुपमा जलि नष्ट भएको र गोठमा बाँधिएको ३ वटा गोरु जली घाईते भएको र २ वटा सामान्य १ वटा गोरु सिरियस घाईते भएकोमा उक्त गोरुहरुको ऐ. ६ स्थित रहेको भेटनरीमा उपचार भईरहेको छ । उक्त स्थानमा ई.प्र.का.जयनगरबाट प्र.ना.नि. सावउन भाट क्षेत्रीको कमाण्डमा प्रहरी टोली खटि गई बुझ्दा आगो राती नियन्त्रणमा आईसकेको र उक्त आगलागीबाट अन्दाजी रु. १,७५,०००।- बराबरको क्षेती भएको छ ।