सवारी दुर्घटनाबाट वालकको मृत्यु

दाङ-२२ भाद्र,
तुलसीपुर उप-महानगरपालिका वडा नं. ०६ गोलौरा स्थित मिति २०७६।५।२१ गते अन्दाजी १९:१५ बजेको समयमा तुलसीपुर देखि सुकौरा तर्फ जादै गरेको रा १ त २६३१ नं. को ट्याक्टर अनियन्त्रित भई ऐ. बस्ने सर्केनि बि.क. को पक्कि घरमा ठोक्किन गई घरको देवाल फोडि घरभित्र रहेको निजको छोरा बर्ष १३ को अनिल सुनारलाईलाई ठक्कर दिदा घाईते भई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा १९:३० बजे मृत्यु भएको छ । उक्त घटनास्थलमा ई.प्र.का. तुलसीपुरबाट प्र.नि.बिक्रम कुवरको कमाण्डमा प्रहरी टोली खटिगई ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।