आगलागीबाट फेन्सी पसल जलेर नष्ट

बाँके-२३,
नेपालगंज उप-महानगरपालिका वडा नं. ०२ घर बारी टोल स्थित रहेको रबिन तामाङको कपडाको फेन्सी पसलमा मिति २०७६।०५।२२ गते अन्दाजी २१:४० बजेको समयमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा उक्त पसलमा रहेको अन्दाजी रु. ४०,००,०००। लाख बराबरको फेन्सी कपडा, फर्निचर (‍र्‍याक, काउन्टर) समेत जली नष्ट भएको छ । उक्त स्थानमा जि.प्र.का. बाँकेबाट प्र.उ.बीर बहादुर ओलीको कमाण्डमा प्रहरी टोलि खटि गई प्रहरी, स्थानिय र दमकलको सहयोगमा २२:१५ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।