गाईको मासु सहित गाई काट्ने ४ जना पक्राउ

रुपन्देही-२४ भाद्र,
कंचन गाउँपालिका वडा नं. ०३ झारगैरामा आज बिहान अन्दाजी ०१:१५ बजेको समयमा गाई काटेको छ भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का. रुद्रपुरबाट प्र.नि. ईन्द्र प्रसाद चौधरीको कमाण्डमा प्रहरी टोली खटिइ गई बुझ्दा ऐ. बस्ने सागर थापाको घरको कोठाभित्र गाई काटीरहेको अबस्थामा निम्न स्थान बस्ने निम्न व्यक्तीहरूलाई गाईको मासु सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।

निम्न:-

१, जिल्ला रुपन्देह कंचन गाउँपालिका वडा नं. ०३ झारगैरा बस्ने बर्ष ३३ को सागर थापा
२, ऐ.ऐ.बस्ने बर्ष १८ को मोहन पुन
३, ऐ.ऐ.बस्ने बर्ष २८ को योगेन्द्र थापा
४, ऐ.ऐ.बस्ने बर्ष १८ को आकाश बलाल