खोलाले बगाई वालिकाको मृत्यु

दाङ-२४ भाद्र,
तुलसीपुर उप-महानगरपालिका वडा नं. १२ बाकेमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं. १० खजुरा बस्ने कृष्ण बहादुर सारुको छोरी बर्ष ३ की यन्जिला सारु मामाघरमा खेल्ने क्रममा घर नजिकै रहेको डुटीखोलामा वगी घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा ११:३० बजे मृत्यु भएको छ । उक्त स्थानमा ई.प्र.का. तुलसीपुरबाट प्र.स.नि. प्रेम वडको कमाण्डमा प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको छ ।