जंगली च्याँउ खाँदा १ जनाको मृत्यु ५ जना घाईते

रुकुम पुर्ब-२५ भाद्र,
पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ लान्ति बस्ने बर्ष अन्दाजी ५५ को शिर प्रताप बि.क.ले मिति २०७६।०५।२३ गते १९:०० बजेको समयमा जंगली च्याउ ल्याई खाएकोमा ऐ.२४ गते दिउसो मृत्यु भएको र निम्न स्थान बस्ने ५ जना बिरामी भई स्थानिय मेडिकलमा उपचार भई रहेको भनि स्थानियले आज १८:५० बजे ई.प्र.का. तकसेरा रुकुम पुर्वमा जानकारी गराए पश्चात प्र.ना.नि. टंक प्रसाद भण्डारीको कमाण्डमा प्रहरी टोली खटी गई आवश्यक अनुसन्धान भईरहेको छ ।
निम्न:-
१. जिल्ला रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० बस्ने बर्ष ४७ की रुजी माया बि.क. ।
२.ऐ. बस्ने बर्ष ११ को मनिस बि.क. ।
३.नाम नखुलेको मृतकको श्रीमती तथा अन्य नाम नखुलेका बच्चा समेत ३ जना ।