रुख ढल्न जाँदा १ जनाको मृत्य १ जना घाईते

दाङ-२५ भाद्र,
बंगलाचुली गाउँपालिका वडा नं. ०६ सोतिटोला स्थित रहेको श्री खमारी च्युरीडाँडा प्रा.बि. स्कुलबाट मिति २०७६।०५।२४ गते अन्दाजी १६:४० बजेको समयमा घर तर्फ फर्कने क्रममा एक्कासी रुख ढल्न गई ऐ.ऐ बस्ने हरी प्रसाद खत्रीको छोरा बर्ष १० को सुजन खत्रीको घटना स्थलमा मृत्यु भएको र ऐ.ऐ. बस्ने दुर्गा खत्रीको छोरा बर्ष ९ को तिलक खत्रीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको भन्ने २१:०० बजे ई.प्र.का. कमिरेचौरमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिगई आवश्यक अनुसन्धान भईरहेको छ ।