चट्याङबाट चौपायको मृत्यु तथा मानिस घाईते

गुल्मी-२५ भाद्र,
मुसिकोट नगरपालिका वडा नं. ०१ थाम डाडा र चिहानडाडा स्थीत मिती २०७६।०५।२४ गते अन्दाजी १९:४५ बजेको समयमा चट्याङ पर्न गई निम्न मानिस घाईते तथा पशु चौपाएको मृत्यु भएको छ भन्ने खबर २०:०० बजे प्राप्त हुना साथ प्रहरी चौकी पौदीअमराईबाट प्र.स.नि.राजु थापाको कमाण्डमा प्रहरी टोली खटि गएको छ भने घाईतेहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार भई रहेको छ ।

घाईतेहरु:

१)जिल्ला गुल्मी मुसिकोट नगरपालिका वडा नं. ०१ थामडाँडा बस्ने तिल बहादुर घिमिरेको श्रीमती बर्ष ३४ कि अम्बिका घिमिरे ।
२)निजको छोरा बर्ष १५ को अमृत घिमिरे ।
३)निजको छोरा बर्ष १३ को रोहित घिमिरे ।

चौपाया मृत्यु:

१. जिल्ला गुल्मी मुसिकोट नगरपालिका वडा नं. ०१ चिहान डाँडा बस्ने देबीकला जि.सी.को १ वटा भैसीको मृत्यु ।
२. ऐ.ऐ.बस्ने जुद्द गिरीको १ वटा भैसीको मृत्यु ।
३. ऐ.ऐ.बस्ने कृष्ण गिरीको १ वटा भैसीको मृत्यु ।
४. ऐ.ऐ.१ थामडाडा बस्ने तेज बहादुर बि.क.को १ वटा बाख्राको मृत्यु ।