अवैध लागु औषध सहित ३ जना नियन्‍त्रणमा

बर्दिया-२५ भाद्र,
बढैयाताल गाउँपालिका वडा नं. ०२ फुटाहा नेपाल भारत सिमा स्थित सशस्‍त्र प्रहरी बल नेपाल बोडर आउट पोष्‍ट फुटाहाबाट मिति २०७६।०५।२४ गते अन्दाजी १४:०० बजेको समयमा खटिएको स.प्र.नि.दिलिप खडका कमाण्‍डको टोलीले चेकजाँचको क्रममा बाँसगडी नगरपालिका वडा नं. ०५ बस्ने बर्ष- १८ को अशोक थारुको साथबाट ८ ट्याब्लेट, ऐ.ऐ. बस्ने बर्ष- १८ को विविध थारुको साथबाट ८ ट्याब्लेट र ऐ.ऐ. बस्ने बर्ष- १९ को विशाल थारुको साथबाट ६ ट्याब्लेट अवैध लागु औषध नाईट्रा जेपाम सहित नियन्त्रणमा लिई प्रहरी चौकी जमुनिमा ल्याई बुझाएकोले निजहरुलाई जि.प्र.का. बर्दियाबाट थप अनुसन्धान भईरहेको छ ।