करेन्ट लागी १ जनाको मृत्यु

बाँके-२५ भाद्र,
नेपालगंज उप-महानगरपालिका वडा नं. ०५ स्थित जैद स आरा मिलको चौकीदार बर्ष ६० को रामचन्द्र लोदलाई आज बिहान अन्दाजी ०८:३० बजेको समयमा अटो चार्ज गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागी घाईते भई उपचारको लागी भेरी अस्पताल नेपालगंजमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको छ उक्त स्थानमा व.प्र.का. नेपालगंजबाट प्र.स.नि. गिरीराज रावतको कमाण्डमा प्रहरी टोली खटिगई आवश्यक अनुसन्धान भईरहेको छ ।