खोलामा डुबी मृत्यु

रुपन्देही-२५ भाद्र,
मर्चवारी गाउँपालिका वडा न. ०१ बस्ने बर्ष २५ को भुल्चन चमारले आज बिहान अन्दाजी १०:२० बजेको समयमा मादक पदार्थ सेवन गरी ऐ. ऐ. बुढुवाघाट स्थित डण्डाखोलामा पौडी खेल्ने क्रममा डुवी मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ ई.प्र.का. मर्चवरबाट प्र.नि. पोषणराज ढकालको कमाण्डमा प्रहरी टोली खटी गई उक्त लास पानीबाट बाहीर निकाली आवश्यक अनुसन्धान भईरहेको छ ।