बाघको छाला सहित १ जना पक्राउ

दाङ-१४ असोज,
तुलसीपुर उप-महानगरपालिका वडा नं. ०६ बिधुत कार्यालय नजिकै मिति २०७६।०६।१३ गते अन्दाजी १८:०० बजेको समयमा जि.प्र.का. दाङबाट सादा पोसाकमा प्र.ना.नि.बिनोद सिंहको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ बस्ने बर्ष २० को भिम प्रसाद बि.क.लाई शंका लागी चेक जाँच गर्ने क्रममा निजको साथमा रहेको झोला भित्र ७.५ फिट लामो टाउको र दाँत सहितको बाघको छाला फेला पारी निजलाई उक्त छाला सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।