अवैध लागु औषध कारोबार गर्ने व्यक्ति पक्राउ

नवलपरासी-१५ असोज,
बर्दघाट नगरपालिका वडा नं. ०९ भुताहचोक स्थित मिति २०७६।०६।१४ गते अन्दाजी २३:३० बजेको समयमा अवैध लागु औषधको कारोवार हुंदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा ई.प्र.का. बर्दघाटबाट प्र.नि. हिम वहादुर के.सी.को कमाण्डमा खटिएको गस्ती टोलीले लागु औषध बिक्रि गर्ने जिल्ला नवलपरासी पाल्हिनन्दन गाउँपालिका वडा नं. ०३ कुस्मा वस्ने बर्ष २७ को राजुराम अवद जैसवालले रातो पलाष्टिको झोलामा फेनारागन ४८ पिस, डाईजेपाम ४८ पिस, नुफ्रिन ४८ पिस, नाईट्रोभेट ७५ ट्यावलेट, नगद रु. २१,८१०/- र UP56AB4722 नं.को मोटरसाईकल र लागु औषध किन्ने बर्दघाट नगरपालिका वडा नं. १४ वेलानी बस्ने वर्ष ३१ को शिव वहादुर थापा समेतलाई लागु औषधको कारोबार गरिरहेको अवस्थामा फेला पारी उक्त लागु औषध सहित निज दुबै जना र मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।