ब्राउन सुगर सहित २ जना पक्राउ

रुपन्देही-१५ असोज,
सिद्धार्थनगर नगरपालिका वडा नं. ०१ बन्दरगाहा स्थित मिति २०७६।०६।१४ गते अन्दाजी १६:०० बजेको समयमा ई.प्र.का. बेलहीयाबाट प्र.नि. कमल बेल्बासेको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं. ०१ वस्ने बर्ष २९ को ईमरान अलि र वुटवल उप-महानगरपालिका वडा नं. ०२ वस्ने बर्ष ३२ को सन्तोष सुनार सवार रहेको लु ५२ प ५०१२ को मोटरसाईकल चेकजाँज गर्ने क्रममा निजहरुको साथवाट ४ ग्राम ९४० मिलिग्राम अवैध लागु औषध ब्राउन सुगर सहित फेला पारी उक्त लागु औषध सहित निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।