अवैध लागु औषध र मोटरसाईकल सहित २ जना पक्राउ

कपिलवस्तु-१५ असोज,
बाणगंगा नगरपालिका वडा नं. ०५ फुटेनी स्थित मिति २०७६।०६।१४ गते अन्दाजी १९:४० बजेको समयमा ई.प्र.का. कोपवाबाट प्र.ना.नि. यान बहादुर कुवरको कमाण्डमा खटिएको गस्ति टोलिले जहदि बाट बनगाई तर्फ जादै गरेको लु. ११ प. ५२७९ नं. को मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक कपिलवस्तु नगरपालिका वडा नं. ०९ बस्ने बर्ष २२ को सलाउदिन मुसलमानको साथबाट ३ ग्राम ब्राउन सुगर र मोटरसाईकल पछाडि सवार ऐ. बस्ने बर्ष १८ को मुकिम भन्ने मजिबुर रहमानको साथबाट ३ ग्राम ब्राउन सुगर र ४ पिस स्पास्मो क्यापसुल फेलापरि निजहरु लाई उक्त मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।