आगलागीबाट धनमाल जलेर नष्ट

अर्घाखांची-१५ असोज,
सितगंगा नगरपालिका वडा नं. ०७ पाखांचौर बस्ने गोपाल नेपालीको खरले छाएको २ तले कच्ची घरमा मिति २०७६।०६।१४ गते अन्दाजी १२:०० बजेको समयमा अकस्मात आगोलागी भएको छ भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. जलुकेबाट प्रहरी टोलि खटि गई स्थानिय र प्रहरीको सहयोगमा उक्त आगो १३:०० बजे नियन्त्रणमा आएको छ । उक्त आगलागीबाट घर र घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडा बर्तन सम्पुर्ण जली नष्ट हुँदा अन्दाजी रु. ३,५०,०००।- बराबरको क्षेति भएको छ ।