आगलागीबाट चौपायको मृत्यु

कपिलवस्तु-१५ असोज,
बिजयनगर गाउँपालिका वडा नं. ०४ महिलवार बस्ने बासुदेब अहिरले मिति २०७६।०६।१४ गते अन्दाजी २१:४५ बजेको समयमा गोठमा लाम्खुट्टे धपाउन बालेको आगो अचानक गोठमा सल्कन जादाँ बासु देब अहिर र ऐ.ऐ. बस्ने निजको भाई पूर्णबासी अहिरको फुसले छाएको कच्चि गोठमा आगोलागी भएको छ भन्ने खबर प्राप्त हुन साथ ई.प्र.का.गणेशपुरबाट प्र.ना.नि.बनारसी तेलि गुप्ताको कमाण्डमा र प्र.चौ. पत्थरदेहियाबाट प्र.स.नि. तुल्सीराम महराको कमाण्डमा प्रहरी टोलि खटिगई प्रहरी, स्थानिय र दमकलको सहयोगमा २३:५० बजे उक्त आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट उक्त गोठ पूर्ण रुपमा जलि नष्ट भएको, गोठ भित्र रहेको १ वटा गाईको बाच्छि मृत्यु भएको, १ वटा गाई, १ वटा गोरु, १ वटा भैसी घाईते र १ वटा भैसिको पाडो घाईते हुँदा अन्दाजी रु. २,०५,०००।– बराबरको क्षेति भएको छ ।