बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया-१६ असोज,
बाँसगढी नगरपालिका वडा नं. ०२ सिमलकुना बस्ने बर्ष ४६ की गंगा सलामी मिति २०७६।०६।१५ गते अन्दाजी १५:३० बजेको समयमा स्वर्गद्धारी सामुदायिक वन मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएको अवस्थामा बाघले आक्रमण गरी गम्भीर घाईते भई उपचारको लागी मेडिकल कलेज कोहोलपुर बाँकेमा लगिएकोमा उपचारको क्रममा १७:५० बजे मृत्यु भएको छ । उक्त स्थानमा ई. प्र.का. मोतिपुरबाट प्र.ना.नि. झक्कु प्रसाद पौडेलको कमाण्डमा प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।