आगलागीबाट धनमालको क्षति

कपिलवस्तु-१६ असोज,
यसोधरा गाउँपालिका वडा नं. ०८ शिवपुर बस्ने नन्दलाल तेलीको फुसले छाएको गोठमा मिति २०७६।०६।१६ गते अन्दाजी ०२:०० बजेको समयमा लामखुट्टे धपाउन बालेको आगो अचानक गोठमा सल्कन जाँदा गोठमा आगो लागी भएको छ भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. मर्यादपुरबाट प्र.ना.नि. होम बहादुर पुनको कमाण्डमा प्रहरी टोलि खटिई गई उक्त आगो प्रहरी र स्थानीयको सहयोगमा ०४:०० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ उक्त आगलागीबाट गोठ, गोठ भित्र भएको लु १३ प १९४१ नं. को मोटरसाईकल, पानी तान्ने पम्पसेट पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजी रु. ४,४५,०००।- बराबरको क्षेति भएको छ ।