पौडी खेल्ने क्रममा डुबेर वालिकाको मृत्यु

दाङ-१७ असोज,
लमही नगरपालिका वडा नं. ०९ बाङ्गेताल बस्ने कुमार घर्ती मगरको छोरी बर्ष १४ की टिका घर्ती मगर र घोराही उप-महानगरपालिका वडा नं. १० नारायणपुर बस्ने बर्ष १५ की निरु बोहोरा लमही नगरपालिका वडा नं. ०९ स्थित रहेको सिमलसोता खोलामा मिति २०७६।०६।१६ गते अन्दाजी १७:४० बजेको समयमा पौडी खेल्ने क्रममा डुबेका छन् भन्ने खबर प्राप्त हुना साथ ई.प्र.का. अमिलियाबाट प्र.नि. खिम बहादुर घर्ती मगरको कमाण्डमा प्रहरी टोली खटी गई स्थानिय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागी लमही अस्पताल लमही तर्फ पठाइएकोमा उपचारको क्रममा १८:४५ बजे मृत्यु भएको छ । उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।