सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

रुपन्देही-१७ असोज,
बुटबल उप-महानगरपालिका वडा नं. १२ मिलनपार्क स्थित मिति २०७६।६।१७ गते अन्दाजी ०७:१५ बजेको समयमा पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु ३० प २३२१ न.को मोटर साइकल आफै अनियन्त्रित भई पल्टिएको अवस्थामा स्थानियले देखि खबर गर्ना साथ ई.प्र.का. बुटवलबाट प्र.नि. ऋषीराम घर्तिको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगि सोहि मोटरसाईकल चालक बुटवल उप-महानगरपालिका वडा नं. ०३ गोलपार्क बस्ने बर्ष ४५ को गणेस अधिकारीलाई बेहोस अवस्थामादेखि तत्काल उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा ०८:१० बजे मृत्यु भएको छ । उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।