मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

रुपन्देही-१७ असोज,
बुटवल उप-महानगरपालिका वडा नं. १० मण्डप स्थित मिति २०७६।०६।१६ गते अन्दाजी २३:३५ बजेको समयमा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ४४ प ७६५ नं. मोटरसाईकलले पैदल यात्री बर्ष अन्दाजी ५५/६० को नामथर वतन नखुलेको पहाडी मुलको पुरुष व्यक्ती लाई ठक्कर दिँदा घाईते भई उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा ००:०५ बजे मृत्यु भएको छ । उक्त स्थानमा व.प्र.का. बुटवलबाट प्र.ना.नि. मेघराज के.सी.को कमाण्डमा प्रहरी टोलि खटी गई ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।