सवारी दुर्घटनाबाट १ मृत्यु ४ घाईते

गुल्मी, ११ मंसिर
गुल्मीमा यात्रुवाहक जिप दुर्घटना भएको छ । रिडीबाट लुम्पेकतर्फ जाँदै गरेको लु१ज २७८४ न. को चालक सहित ६ जना सवार जिप मिति २०७६|०८|१० गते अन्दाजी १८:१५ बजेको समयमा जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ३ ठुलो लुम्पेक स्थित सडक देखि अन्दाजी ५०० मिटर तल खस्न गई उक्त जिपमा सवार सत्यवती गाउँपालिका वडा नं. २ बस्ने वर्ष ६८ की ललिती देवी सिंजालीको घट्नास्थलमा नै मृत्यु भएको भने ऐ.ऐ. बस्ने अन्दाजी वर्ष २४ को साजद राहादी, ऐ वडा नं. ३. बस्ने अन्दाजी वर्ष २२ को देब बहादुर बि.क., ऐ. वडा नं. २ बस्ने अन्दाजी वर्ष ७ को बिरेन्द्र सिंजाली र जिल्ला पाल्पा घर बताउने अन्दाजी वर्ष २२ को अनिल बि.क. घाइते भएका छन् । घाइतेहरुको लुम्वीनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहको ईलाका प्रहरी कार्यालय जोहाङ गुल्मीले जानकारी दिएको छ ।