बिषादी सेवन गरि मृत्यु

रोल्पा, ११ मंसिर
जिल्ला रोल्पा, रोल्पा नगरपालिका वडा नं. २ सिमलबाङ बस्ने बर्ष ३२ को रमेश घर्तिमगरको विष सेवन गर्दा मृत्यु भएको छ । मिति २०७६।०८।१० गते अन्दाजी १४:०० बजेको समयमा आफ्नै घरमा तरकारीमा हाल्ने नुभान नामक बिषादी सेवन गरी घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल रेउघा रोल्पातर्फ ल्याउदै गर्दा ऐ. १४:३० बजे मृत्यु भएको र घट्नाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।