करेण्ट लागि मृत्यु

कपिलवस्तु, ११ मंसिर
करेन्ट लागि एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला कपिलवस्तु, शिवराज नगरपालिका वडा नं. ०८ बिसनपुर बस्ने वर्ष २२ को अनिल कुमार चौधरी रहेका छन् । घर नजिकै रहेको बिजय श्री स्टिल कम्पनीमा काम गर्ने क्रममा मिति २०७६।०८।११ गते बिहान अन्दाजी ०१:४० बजको समयमा चौधरीलाई अचानक करेण्ट लागी उपचारको लागि चौराहा अस्पताल बुटवल पठाईएकोमा उपचारको क्रममा ऐ. ०३:०० बजे मृत्यु भएको छ । उक्त घटनामा व.प्र.का.चन्द्रौटाबाट बाट प्र.नि.मोतिलाल योञ्जन तामाङको कमाण्डमा ५ जनाको टोलिले आवश्यक अनुसन्धान गरिरहेको छ ।