सवारी दुर्घटनामा १८ जनाको मृत्यु/ १४ जना घाईते


अर्घाखाँची, ११ मंसिर

मिति २०७६।०८।११ गते अन्दाजी १६;१० बजेको समयमा सन्धिखर्क नगरपालिका वडा नं.६ सल्लेरी स्थित सन्धिखर्क बुटवल सडक खण्डमा सन्धिखर्क बाट बुटवल तर्फ जादै गरेको लु २ ख २१४८ नं.को बसमा महिला पुरूष गरी अन्दाजी ३२ जना सवार एक्कासी बाटोबाट अन्दाजी २५० मिटर तल खस्न जादा दुर्घटनामा ७ जना महिला र ११ जना पुरूष गरी जम्मा १८ जनाको घट्ना स्थलमा नै मृत्यु भएको छ भने १४ जनाको उद्धार गरी उपचारको लागि बुटवल तर्फ ८ जना पठाईएको, २ जना जिल्ला अस्पताल सन्धिखर्क तर्फ र ४ जनाको उद्धार गरी जम्मा १४ जना घाईतेहरूलाई उपचारको लागि पठाईएको छ । उक्त दुर्घटना स्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखांचीबाट प्र.ना.उ. प्रकाश बिष्टको कमाण्डमा ३४ जनाको टोलि खटि गई उद्धार कार्य तथा थप अनुसन्धान भईरहेको छ ।